०५ साउन २०८३, मंगलबार
चाडबाडमा रक्सीको बढ्दो माग

सांस्कृतिक पर्वमा रक्सीको उच्च माग– नेपाली बजारमा बोतलकै पौने ७ लाख पर्ने ह्विस्की पनि !

कात्तिक २०, २०७८
सांस्कृतिक पर्वमा रक्सीको उच्च माग– नेपाली बजारमा बोतलकै पौने ७ लाख पर्ने ह्विस्की पनि !

पछिल्लो समय दशैंमा मासु र तिहारमा सेलरोटीसँगै रक्सीको उपभोग पनि बढ्दै गएको छ । यस समयमा व्यापार बढ्ने हुँदा रक्सी व्यवसायीहरू निकै उत्साहित हुन्छन् । 

नेपालमै बनेका रक्सी तथा विदेशबाट आयात गरिने रक्सीहरू नेपाली बजारमा खपत हुँदै आएको छ । 

चाडबाडको समयमा धेरै मात्रामा मदिरा उपभोग हुने गरेको मदिरा व्यवसायीहरूको छाता संगठन मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा बताउँछन् । 

महासंघका अनुसार अहिले नेपालमा विदेशबाट आयात हुने ह्विस्की प्रतिबोतल झण्डै ७ लाख रुपैयाँसम्ममा खरिद गर्न पाइन्छ ।

यस्ता ह्विस्कीहरू नेता तथा अन्य उच्चपदस्थ अधिकारीहरूले प्रयोग गर्दै आएका छन् । 

भदौमा मात्रै ३५ करोडको रक्सी आयात 

चालू आर्थिक वर्षको भदौ महिनामा अल्कोहलजन्य पेय पदार्थहरूको आयात गत वर्षको भन्दा बढीको भएको छ । 

भदौ महिनामा मात्रै यस्ता वस्तु ३५ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको आयात भएको व्यापार प्रवद्र्धन निकासी केन्द्रको तथ्यांकले देखाएको छ ।  

गत वर्षको सोही समय १९ करोडको रक्सी आयात भएको थियो ।

तर मदिरा व्यवसायीहरूले भने चाडपर्वलाई लक्षित गर्दै रक्सीहरू साउनदेखि नै आयात गर्ने गरेका छन् ।  

यी हुन् नेपालमा उपलब्ध सर्वाधिक महंगा रक्सीहरू :

नेपालमा ४० वर्ष पुरानो ग्लेनफिडिख सिंगल माल्ट ह्विस्कीको मूल्य प्रतिबोतल ६ लाख ७३ हजार ५ सय ६६ रुपैयाँ ७८ पैसा रहेको छ, जुन ७ सय एमएलको एक बोतलको मूल्य हो । 

जति वर्ष पुरानो भयो उति महंगो हुँदै जाने व्यवसायीहरू बताउँछन् ।

महासंघका अनुसार, नेपाली बजारमा उपलब्ध ३० वर्ष पुरानो ग्लेनफिडिख  सिंगल माल्ट ह्विस्की (७ सय एमएल)को मूल्य प्रति बोतल १ लाख २० हजार ८ सय ६५ रुपैयाँ ५९ पैसा रहेको छ ।

२६ वर्ष पुरानो ग्लेनफिडिख  सिंगल माल्ट ह्विस्की (७ सय एमएल) को मूल्य प्रति बोतल ७१ हजार ३ सय ५१ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै ग्लेनफिडिख  सिंगल माल्ट ह्विस्की २३ वर्ष पुरानो ग्राण्ड क्रुको मूल्य प्रतिबोतल ४१ हजार ३ सय ५० रुपैयाँ रहेको छ । 

नेपाली बजारमा बिक्री हुँदै आएको अर्को महंगो रक्सी हो– जोनी वाकर द जोन वाकर । 

नेपाली बजारमा जोनी वाकर द जोन वाकर ७५० एमएलको प्रति बोतल मूल्य ४ लाख रुपैयाँ रहेको छ । 

यस्तै ७ सय एमएलको जोन वाकर एण्ड सन्स ओडीसीको मूल्य प्रति बोतल १ लाख ३८ हजार ५ सय रुपैयाँ रहेको छ । 

यस्ता छन्, महंगा रक्सीहरू (मूल्यसहित)

  

तालिका :  मदिरा व्यवसायी महासंघ

salt training

कमेन्ट गर्नुहोस्