०१ असार २०८३, सोमबार

नर्वेमा अर्धनग्न व्यक्तिले गरे जथाभावी चक्कु प्रहार, प्रहरीले हान्यो गोली (भिडियो)

कात्तिक २३, २०७८
नर्वेमा अर्धनग्न व्यक्तिले गरे जथाभावी चक्कु प्रहार, प्रहरीले हान्यो गोली (भिडियो)

नर्वेको राजधानी ओस्लोमा मंगलवार एक अर्धनग्न व्यक्तिले सडकपेटीमा हिँडिरहेका बटुवाहरूलाई जथाभावी चक्कु प्रहार गरेपछि प्रहरीले उनलाई गोली हानेर मारेको छ । 

त्यहाँको स्थानीय सञ्चारमाध्यमले आक्रमणकारीहरूको भिडियो फूटेज जारी गरेको छ । उक्त व्यक्तिले कम्मरभन्दा माथि केही लगाएको थिएन र चक्कु उज्याएको थियो । 

चक्कु आक्रमणमा एकजनाभन्दा बढी पीडित भएको प्रहरीले जानकारी दिएको छ तर उनीहरूको स्वास्थ्यका बारेमा थप बताएको छैन । 

प्रहरीको गश्ती टोलीको गाडीले बिस्लेट टोलमा आक्रमणकारीलाई हिर्काएर लडाउन खोजेको थियो । 

उसले गाडीमा आक्रमण गरेर ढोका खोल्न सफल भएको प्रहरी प्रवक्ता टोरगेर ब्रेन्डनले बताए ।

त्यसपछि प्रहरीले उसमाथि कैयौं गोली प्रहार गरेको थियो । 

उसलाई नजिकैको अस्पतालतिर लगिएको र त्यहीँ उसको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्