०४ असार २०८३, बिहीबार

नेप्सेमा उच्च अंकको गिरावट

कात्तिक २३, २०७८
नेप्सेमा उच्च अंकको गिरावट
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार उच्च अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७९.७९ अंकले घटेर २ हजार ७४९.८५ मा ओर्लेको छ । दीपावलीको बिदापछि खुलेको बजार लगातार ओरालो लागेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अंकले घटेर ५१२.०२ मा ओर्लेको छ । नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा रहेको छ ।

कूल २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गएको छ । नेप्सेका अनुसार बैंकिङ ३५.९४, व्यापार ६४.६६, होटल तथा पर्यटन ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत् १०१.८४, वित्त १४४.६७, निर्जीवन बीमा ४६४.४९, उतपादन १८६.६, अन्य ८०.७५, लघुवित्त १५७.३१, जीवन बीमा ३७९.८३, सामूहिक लगानी कोष ०.३४ र लगानी २.५४ अङ्कले घटेको छ । 

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँ कारोबार भयो । साहस ऊर्जा २५ करोड ७९ लाख ५४ हजार ४१७, अपि पावर कम्पनी २२ करोड ३६ लाख ६४ हजार, नेसनल हाइड्रोपावर २० करोड ९४ लाख ८७ हजार ४३१ र प्राइम बैंक २० करोड ८९ लाख ६६ हजार ७३७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल १.७३ र प्राइम बैंकका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए । 

आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । मिथिला लघुवित्त ७.४२, गुडविल फाइनान्स ६.८५ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.८३ प्रतिशतले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्