२३ असार २०८३, मंगलबार

हिरासत र कारागारमा भएका आत्महत्या छानबिन समितिको प्रतिवेदन गृहमन्त्री खाँणको हातमा

कात्तिक २३, २०७८
हिरासत र कारागारमा भएका आत्महत्या छानबिन समितिको प्रतिवेदन गृहमन्त्री खाँणको हातमा

गृह मन्त्रालयले ३ स्थानका हिरासत कक्ष तथा कारागारमा भएका आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणलाई छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् ।

गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका एसपी प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानबिन समितिले छानबिनबाट भेटिएका प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा गरेको छ । 

गृहमन्त्री खाँणको मन्त्रीस्तरीय निणयबाट कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्मख हकिमले झुण्डिएर गरेको आत्महत्या, ईलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासत कक्षमा भैसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते झुण्डिएर गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसूरमा थुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७ का ५८ वर्षीय दुर्गाराज पाण्डेले झण्डिएर गरेको आत्महत्याबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । 

प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले ३ स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।

समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानूनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सीसीटीभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्