३१ जेठ २०८३, आइतबार

नौतले दरबारको व्यवस्थापनका लागि चीनको प्रस्ताव

कात्तिक २४, २०७८
नौतले दरबारको व्यवस्थापनका लागि चीनको प्रस्ताव

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माण गरिरहेको चीन सरकारले दरबारभित्रको सुरक्षा प्रविधिसहित सबै इन्टेरियरको काम गर्न प्रस्ताव अघि सारेको छ ।

चीनले २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार र दरबारसँगै जोडिएको वसन्तपुरसहित तीनवटा बुर्जाहरू ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावरको पुनर्निर्माणको जिम्मा लिएको थियो ।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चीन सरकारले दरबारभित्र अत्याधुनिक सुरक्षा प्रविधिसहित राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयको सबै सामग्री व्यवस्थापन गर्न प्रस्ताव अघि बढाएको खबर नेपाल समाचारपत्रमा छ  ।

salt training

कमेन्ट गर्नुहोस्