१३ असार २०८३, शनिबार

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

कात्तिक २४, २०७८
ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

 जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा  ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका  घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए।  
 

salt training

कमेन्ट गर्नुहोस्