२७ असार २०८३, शनिबार

क्यानडामा पहिलोपटक देखिइन् जलवायु परिवर्तनकी रोगी

कात्तिक २४, २०७८
क्यानडामा पहिलोपटक देखिइन् जलवायु परिवर्तनकी रोगी

जलवायु परिवर्तनका कारण बिरामी परेकी पहिलो महिला क्यानडामा देखिएकी छन् । 

यी ७० वर्षीयालाई सास फेर्न गाह्रो पर्छ । त्यसबाहेक उनलाई कुनै पनि किसिमको गम्भीर रोग लागेको छैन । 

महिलाको नाम सार्वजनिक गरिएको छैन । 

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, ती महिलालाई जलवायु परिवर्तनका कारण रोग लागेको चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूले पहिलोपटक कुनै रोगको कराणमा जलवायु परिवर्तन लेखेका छन् । 

ब्रिटिश कोलम्बियामा डाक्टर काएल मेरिटले महिलाको स्वास्थ्य जाँच गरेका हुन् । उनले डायग्नोसिस रिपोर्टमा लेखे, ‘दश वर्षमा पहिलोपटक मलाई रोगीको रोग जलवायु परिवर्तनका कारण भएको जस्तो लाग्यो ।’

डा मेरिटले लक्षणका आधारमा मात्र उपचार गर्दा अनि रोगको भित्री तहसम्म नपुग्दा रोग थप बल्झिने बताए । 

महिलाको रोग गत जुन महिनामा पत्ता लागेको थियो । त्यतिखेर देशमा लू चलिरहेको थियो । हावाको गुणस्तर निकै खराब थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्