२३ जेठ २०८३, शनिबार
सिन्धुलीमा तनाव

ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडप हुन खोजेपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा

कात्तिक २४, २०७८
ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडप हुन खोजेपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा
फाइल फोटो

सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडपको सम्भावना देखिएपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी भएको  छ।

बाल उद्यान पार्क तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक उद्घाटन गर्ने कार्यक्रममा प्रमुख अतिथिको विषयलाई लिएर दुई पक्षबीच झडप हुन सक्ने देखिएपछि निषेधाज्ञा जारी गरिएको हो ।

आयोजक कमलामाई नगरपालिकाले एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो । सत्ता गठबन्धनका कार्यकर्ताले त्यसको विरोध गर्दै पार्क घेराउ गरेका थिए ।

त्यसको प्रतिकारका लागि एमाले कार्यकर्ता पनि भेला भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

कमलामाई नगरपालिकास्थित स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल तथा हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्