०५ असार २०८३, शुक्रबार

नेपाली सेनाका २१६ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

कात्तिक २४, २०७८
नेपाली सेनाका २१६ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
प्रतिकात्मक तस्वीर

संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मंगलवार त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंंबाट मंगलवार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।

हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफफालाई बदली गर्न टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा रही महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

विश्वमा शान्ति सैनिकको संख्या धेरै पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । नेपाली शान्ति सैनिकलाई विश्वका विभिन्न ४३ शान्ति मिसनमा परिचालित भई काम गरिसकेको अनुभव छ ।

हाल विश्वका १२ स्थानमा तैनाथ राष्ट्रसंघीय मिसनमा २०० महिला सैनिकसहित ५ हजार २२९ नेपाली शान्ति सैनिक परिचालित छन् ।

कोभिड–१९ संक्रमण जोखिमबीचमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्