×

NMB BANK
NIC ASIA

घर ठानेको एमाले जेल भएछ, सूर्य चिह्नमा आज ग्रहण लागेको छ : माधव नेपाल

कात्तिक २४, २०७८

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गरेका छन् ।

Muktinath Bank

बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेको पत्तासाप हुने दाबी समेत गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले केपीको मुठीमा गयो । हामीले घर ठानेको थियौं, त्यो त जेल पो भएछ । जेल भएपछि विद्रोह गर्‍यौं । हामीले जेलको पर्खाल तोडिएका छौं, नयाँ पार्टी ल्यायौं,’ उनले अगाडि भने, ‘अहिले ५ दलको गठबन्धन छ । गठबन्धनबीच सहमति भएको छ, आउने चुनावमा सँगै जाने । केपी गुटको पत्तासाफ गर्नेछौं । त्यहाँ गएकाहरू पछुतो मानिरहेका छन् । उम्कने बाटो खोजिरहेका छन् । अब हामी अगाडि बढिसकेका छौं, आउनुहोस् मिलेर जाऊँ । जीत सत्य र न्यायको हुन्छ । एमाले अब टर्च बालेर हेर्ने दिन आउने छ  ।’

Vianet communication

अध्यक्ष नेपालले नेकपा एमाले जनहित विपरीत गएकाले त्यो पार्टीको कामै नभएको समेत टिप्पणी गरे । 

उनले भने, ‘सूर्य चिह्नको कुरा नगर्नुस् । सूर्य चिह्न ल्याउने मै हुँ । लड्ने मान्छे मै हुँ निर्वाचन आयोगमा गएर तर के गर्नु त्यही सूर्य चिह्नमा आज ग्रहण लागेको छ । अब कलम चिह्न लिएर उभिएका छौं । कलम चिह्न लिएर हामी मेचीदेखि महाकाली अभियानमा उत्रिएका छौं । कलम चिह्न लिएर जनता माझमा जानेछौं । न्यायको लागि कलम नै सही । न्यायको पक्षमा प्रेरित गर्ने । अब यो पार्टीलाई गाउँगाउँ पुर्‍याउनुस् ।’

अध्यक्ष नेपालकै उपस्थितिमा भएको कार्यक्रममा नेकपा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डा. तारा जोशीको सिंगो टीम समाजवादीमा समाहित भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष ओलीमा निरंकुशता हाबी भएको र जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको बताए । उनले ५१ सदस्यीय जिल्ला कमिटीको पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएको घोषणा गरे । भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x