०५ असार २०८३, शुक्रबार

औपचारिक कार्यक्रम राखेर प्रदेश प्रमुखको बिदाइ

कात्तिक २४, २०७८
औपचारिक कार्यक्रम राखेर प्रदेश प्रमुखको बिदाइ

पदमुक्त गरिएका १ नम्बर प्रदेशका प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमै कार्यक्रम राखेर पहिलो पटक बिदाइ गरिएको छ ।

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कार्यालयमै कार्यक्रमको आयोजना गरेर बिदा गरेका छन् ।

यसअघिका प्रदेश प्रमुख प्राध्यापक गोविन्द तुम्बाहाङलाई पूर्व मुख्यमन्त्री शेरधन राईले निवासमा गएर बिदाइ गरेका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईलाई सम्बोधन गर्दै पदमुक्त प्रदेश प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुशी व्यक्त गरे । उनले मुख्यमन्त्री राईलाई राजनीति समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न समेत सुझाव दिए ।

युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न समेत मुख्यमन्त्रीलाई प्यासीले आग्रह गरे । 

मुख्यमन्त्री राईले प्रदेश प्रमुख प्यासी आफ्नो अभिभावक भएको बताउँदै राजनीतिक परिवर्तनमा धेरै संस्थाहरू विवादित भए पनि प्रदेश प्रमुख प्यासी विवादित नबनेका स्मरण गरे । 

कात्तिक २२ गतेको मन्त्रिपरिषद् बैठकले प्यासीलाई हटाएर पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेपछि मंगलवार राष्ट्रपति भण्डारीबाट पदमुक्त गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्