२३ असार २०८३, मंगलबार

न्युजील्यान्डकी प्रधानमन्त्रीले लाइभ गरिरहँदा छोरी आइपुगेपछि... (भिडियो)

कात्तिक २४, २०७८
न्युजील्यान्डकी प्रधानमन्त्रीले लाइभ गरिरहँदा छोरी आइपुगेपछि... (भिडियो)

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नले कोभिडका विषयमा अप्डेट दिनका लागि फेसबूक लाइभ गरिरहेको बेलामा छोरी नेभेले अवरोध गरेकी छन् ।

लाइभ शुरू भएको तीन मिनेटमा नेभेले मम्मी भन्दै बोलाएकी थिइन् । 

त्यसपछि आर्डर्न मुस्काएर छोरीसँग कुरा गर्न थालिन् । 

उनले नेभेलाई भनिन्, ‘तिमी त सुत्नलाई ओछ्यानमा जानुपर्ने थियो । सुत्ने बेला भयो । ओछ्यानमा जाऊ, म एकछिनमा तिमीलाई हेर्न आउँछु ।’

त्यसपछि नेभेलाई आर्डर्नकी आमाले ओछ्यानमा लग्छिन् । आर्डर्न त्यसपछि क्यामरातिर फर्किन्छिन् र माफी माग्छिन् । छोरी नेभेले त्यसपछि पनि आमा आर्डर्नलाई भेट्न आएकी थिइन् । 

आर्डर्नकी छोरी नेभे सन् २०१८ को जुन महिनामा जन्मेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्