२४ जेठ २०८३, आइतबार

थप ४४० जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

कात्तिक २४, २०७८
थप ४४० जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ६ हजार ८१४ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट ३८७ र एन्टिजेनबाट ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना निको भई थप ४७४ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । बुधवार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।

कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ४६० पुगे मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्