२६ असार २०८३, शुक्रबार

एसेम्बल उद्योगका लागि मापदण्ड बन्यो, यस्ता छन् सर्त

कात्तिक २४, २०७८
एसेम्बल उद्योगका लागि मापदण्ड बन्यो, यस्ता छन् सर्त

उद्योग विभागले मोटरसाइकल एसेम्बल गर्ने उद्योग दर्ताका लागि मापदण्ड बनाएको छ। मापदण्डमा मुख्यतया चार वटा सर्त अघि सारिएको छ।

विभागले नयाँ एसेम्बल उद्योगका लागी पहिलो वर्षमै ५० जना नेपालीलाई रोजगार दिने देखि पाँच वर्षमा ३० प्रतिशत भ्यालुएड गर्नुपर्ने लगायतका मापदण्ड बनाएको छ।

विभागले बनाएको मापदण्डमा पहिलो वर्ष १० प्रतिशत भ्यालुएड हुनुपर्ने उल्लेख गरिएको छ। य

स्तै उद्योगले ५ वर्षमा ३० प्रतिशत भ्यालुएड गरेको हुनुपर्नेछ। यसैगरी पहिलो वर्ष ५० जना स्वदेशीलाई रोजगारी दिनु पर्ने र पाँच वर्षमा २०० जनालाई रोजगारी दिनुपर्ने उल्लेख छ। 

त्यस्तै उद्योग शुरू गरेको ५ वर्षमा कम्तिमा १० प्रतिशत कच्चा पदार्थ स्वदेशीनै प्रयोग गर्नुपर्ने पनि उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्