०५ असार २०८३, शुक्रबार

एमसीसी फिर्ता लगेर नेपालको हित प्रबर्द्धन गर्न अमेरिकालाई वामदेव गौतमको अनुरोध

कात्तिक २४, २०७८
एमसीसी फिर्ता लगेर नेपालको हित प्रबर्द्धन गर्न अमेरिकालाई वामदेव गौतमको अनुरोध

राष्ट्रियसभा सदस्य तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबद्र्धन गर्न अमेरिकालाई अनुरोध गरेका छन् ।

बुधवार प्रेस वक्तव्य जारी गर्दै नेता गौतमले एमसीसी सम्झौता लागू हुने सम्भावना झन्झन् न्यून हुँदै गएको बताएका छन् ।

‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको छ,’ वक्तव्यमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्