०१ असार २०८३, सोमबार

सर्वाेच्च अदालतको समस्याको छिटो निकासका लागि दलहरूलाई ज्ञापनपत्र बुझाउने तयारीमा बार

कात्तिक २४, २०७८
सर्वाेच्च अदालतको समस्याको छिटो निकासका लागि दलहरूलाई ज्ञापनपत्र बुझाउने तयारीमा बार

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयबारे उठेका प्रश्न सम्बोधन गर्न तथा विधि र पद्धति स्थापित गर्न नेतृत्व सुध्रिन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा आएका विषयवस्तुबारे छानबिन गर्न समयन्त्र आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले भने, ‘अदालतको काम कारवाहीलाई प्रभावित र बद्नाम गराउने विचौलियालाई रोक्ने बेग्लै संयन्त्रको खाँचो छ, सर्वाेच्च अदालतका न्यायाधीशको सम्पत्ति विवरण पनि सार्वजनिक गर्न जरुरी छ ।’

निष्पक्ष न्याय सम्पादनका लागि योग्य र सक्षम न्यायाधीश नियुक्तिलाई पारदर्शी तुल्याउन रोस्टर बनाउन सुझाव दिँदै उनले मुद्दाको पेसी गोलाप्रथाद्वारा तोक्ने परिपाटीलाई स्थापित गर्न सुझाव दिए ।

नेपाल बार एशोसिएन सर्वाेच्च अदालतसँग जोडिएका विषयलाई लिएर चरणबद्ध आन्दोलनमा रहेका बेला अध्यक्ष श्रेष्ठले समस्याको छिटो निकासका लागि सरकार र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै केही दिनभित्रै ज्ञापनपत्र दिने जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्