१५ असार २०८३, सोमबार

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

कात्तिक २४, २०७८
कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् ।

एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । सो पार्टीको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । हाल एमालेका सात लाख ३० हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।

    एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मङ्सिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवासलगायतका व्यवस्थापन हुने जानकारी दिए । उहाँले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने जनाए । उनले प्रचारप्रसार पूर्णरूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताए। एमालेले नेता रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्