२३ जेठ २०८३, शनिबार

रसुवामा क्रियाशील सदस्यता विवाद बल्झियो

कात्तिक २४, २०७८
रसुवामा क्रियाशील सदस्यता विवाद बल्झियो


नेपाली कांग्रेसको छानविन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छानविन समितिले नै सिधै क्रियाशील सदस्यता दिएको कांग्रेस कार्यकर्ताले बताएका छन् ।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि कांग्रेसका रसुवाका युवा छानविन समितिप्रति आक्रोसित भएका हुन् ।

नेपाली कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको अरोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमान्दार र आस्थावान् कार्यकर्ताको मनोवल गिराउने काम भएको बताए ।

पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको कांग्रेसका युवाले जनाएका छन् ।

तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टु्ङ्ग्याइएको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्