०२ असार २०८३, मंगलबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध बुटवलमा विद्यार्थीहरूको प्रदर्शन

कात्तिक २५, २०७८
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध बुटवलमा विद्यार्थीहरूको प्रदर्शन

इन्धनको मूल्यवृद्धि विरुद्ध विद्यार्थीले बुटवलमा विरोध तथा आन्दोलन गरेका छन् । 

नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका छन् ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर  ३ रुपैयाँ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वियु रुपन्देहीले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको छ। विरोधस्वरुप बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्