
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले प्रदर्शन गरेको छ ।
चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै आन्दोलन गरेको हो ।
बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । त्यस क्रममा प्रहरी र वलिकबीच ठेलमठेल भएको थियो ।
सर्वोच्च परिसरमा बार एसोसिएसनले नाराबाजी गरिरहेको समयमा प्रधानन्यायाधीश जबराको पक्षमा पनि प्रदर्शन भएको छ ।
केही अधिवक्ता र उनका समर्थकले माइतीघर मण्डलामा जबराको पक्षमा प्रदर्शन गरेका हुन् ।
मण्डलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता स्वागत नेपालले राज्यकोषबाट तलब खाएका न्यायाधीशले इजलास बहिस्कार गरेर आपत्तिजनक काम गरिरहेको आरोप लगाए ।
माइतीघरको प्रदर्शनमा सहभागीहरू राष्ट्रिय झण्डा लिएर उपस्थित छन् ।