१४ असार २०८३, आइतबार

जनगणनामा सोधिएको विवरण कसैले नलुकाउनुस् : मुख्यमन्त्री शाही

कात्तिक २५, २०७८
जनगणनामा सोधिएको विवरण कसैले नलुकाउनुस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित १२औं राष्ट्रिय जनगणना २०७८ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनै पनि देशका लागि महत्त्वपूर्ण विषय हुने उल्लेख गरे ।

जनगणनाको तथ्यांकबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, ‘आजदेखि गणकहरू तपाईंहरूको पूर्ण विवरण लिन घरघरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईंहरूलाई सोधिने व्यक्तिगत विवरण तथ्यांक ऐन २०१५ अनुसार गोप्य राखिने छ ।’ 

मुलुक संघीयता गएपछि पहिलो पटक आगामी मंसिर ९ गतेसम्म आयोजना हुने जनगणनामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाए । जनगणना अधिकारी पौडेलले बढी बसोबास गर्ने ठाउँबाट घरमूलीमार्फत पूर्ण विवरण लिइने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्