२८ जेठ २०८३, बिहीबार

ह्युन्डाईले सन् २०२८ देखि उड्ने ट्याक्सी बेच्न थाल्ने

कात्तिक २५, २०७८
ह्युन्डाईले सन् २०२८ देखि उड्ने ट्याक्सी बेच्न थाल्ने

ह्युन्डाई कम्पनीले सन् २०२८ मा उड्ने विद्युतीय ट्याक्सीहरू बेच्ने योजना सार्वजनिक गरेको छ । उक्त ट्याक्सीमा पाँचजना यात्रु अटाउनेछन् । 

ट्याक्सी वितरणका लागि ह्युन्डाईले सुपरनाल नामक कम्पनी बनाएको छ । 

अमेरिकामा राखिने उक्त कम्पनीले उड्ने ट्याक्सीहरूका लागि ट्रान्सपोर्ट हब बनाउनेछ । त्यसलाई भर्टिपोर्ट नाम दिइनेछ । 

ह्युन्डाइले उड्ने ट्याक्सीको अवधारणा पोहोर साल अमेरिकाको लास भेगासमा आयोजित कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा सार्वजनिक गरेको थियो । 

उसले उबरसँग साझेदारी गर्ने घोषणा समेत गरेको थियो । उबरले अन्य उड्ने ट्याक्सी कम्पनीहरूसँग पनि साझेदारी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्