०२ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

कात्तिक २६, २०७८
माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरू पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश   (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ ।  बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैया संचित छ ।

salt training

कमेन्ट गर्नुहोस्