०४ साउन २०८३, सोमबार

नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

कात्तिक २६, २०७८
नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो ।

जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो । 

जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी परेको निर्वाचन क्षेत्रअनुसार क्षेत्र नम्बर १ बाट ५ महिला र ९ खुलातर्फ छन् । यहाँ २८ सय ७५ मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट ६ महिला र ११ जना खुलातर्फ उमेदवारी परेको छ । यहाँ ३८ सय ७६ मतदाता छन् ।

दलिततर्फ जिल्लाबाट २ जना प्रतिनिधि चयन हुने प्रावधानअनुसार पार्टी अध्यक्ष तुलसी पासी र सदस्य राजु हरिजन निर्विरोध भएका छन् ।

उम्मेदवारी दिनेमा प्रदेशसभा सदस्य, मेयर र उपमेयरसहित जिल्ला र प्रदेश स्तरका नेतासम्म छन् । संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा, सुवासचन्द्र जिसी, एकदेव पाण्डे, रामप्रसाद अर्याल, बद्री खनाल, ठोपबहादुर सिंह ठकुरी, निमानन्द न्यौपाने र पुण्यप्रसाद पौडेल छन् ।

महिलातर्फ देवी पौडेल, सिन्धु जलेसा, राधिका शर्मा भट्ट, सरिता खनाल भुसाल, मधुमाया पौडेल छन् । 

निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, जिल्ला सचिव थानप्रसाद गैरे, केशवप्रसाद भण्डारी, डोलराज भण्डारी, वीरेन्द्र यादव, लेखनाथ खरेल, रामचन्द्र भण्डारी, सूर्यप्रसाद दुबे, कृष्णप्रसाद बगाले, राजन कुमार आचार्य र बद्रिमान श्रेष्ठ छन् ।

महिलातर्फ प्रदेशसभा सदस्य भगवती भण्डारी, तारा आचार्य, सरस्वती सुवेदी, विमला अर्याल, रिंगला यादव र लक्ष्मी क्षेत्री छन् । 

निर्वाचन क्षेत्र नम्बर १ को बर्दघाटको पुनर्वास र क्षेत्र नम्बर २ को सुनवलको स्वाठीमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्