३१ जेठ २०८३, आइतबार

पौडेल समूहमा चुलियो असन्तुष्टि, प्रकाशमान गएनन् बैठकमा

कात्तिक २७, २०७८
पौडेल समूहमा चुलियो असन्तुष्टि, प्रकाशमान गएनन् बैठकमा

नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतर समूहमा असन्तुष्टि बढेको छ । इतर पक्षका नेताहरु एक ठाउँ उभिएर संस्थापनविरुद्ध साझा उम्मेदवार तय गर्ने विषयमा पटक पटक प्रयास भएपनि पछिल्लो समय त्यो विफल हुँदै आएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको संस्थापन इतर समूहको केन्द्रीय सदस्यको बैठकमा शुक्रबार सोही समूहका प्रभावशाली मानिएका प्रकाशमान सिंह अनुपस्थित भएपछि संस्थापन इतर समूहभित्रको असन्तुष्टि प्रष्ट रुपमा बाहिर आएको हो ।

महामन्त्री शशांक कोइरालाले सिंह व्यस्तताका कारण बैठकमा नआएको प्रतिक्रिया दिए । सिंह पछिल्लो समय पौडेलसँग असन्तुष्ट छन् भने उनले पौडेल र देउवाबाटै पार्टी चल्न नसक्ने अभिव्यक्ति नै दिएका छन् ।राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्