०५ साउन २०८३, मंगलबार

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक बस्दै, संगठन निर्माण र भावी योजनाबारे छलफल हुने

कात्तिक २७, २०७८
नेकपा (एस)को केन्द्रीय कमिटी बैठक बस्दै, संगठन निर्माण र भावी योजनाबारे छलफल हुने

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो बैठक सानेपामा बस्न लागेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि बस्न लागेको यो पहिलो बैठक हो । 

बैठकमा राष्ट्रिय राजनीति, संगठन निर्माण र भावी योजनाका बारेमा छलफल हुने एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले बताए । 

बैठकलाई अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबाहेक सबै प्रदेशका इन्चार्जले पार्टीको प्रदेशका गतिविधि र आगामी कार्ययोजनाको बारेमा बैठकमा रिपोर्टिङ गर्नेछन् । 

उक्त पार्टी संघीय सरकारमा सहभागी भएपछिको पहिलो केन्द्रीय कमिटीको बैठक भएकाले सरकारमा पार्टीको नेतृत्व गरेर गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारले गरेका काम र आगामी योजनाका बारेमा बैठकमा प्रस्तुत गर्ने तुलाधरले बताए ।

त्यसबाहेक बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पनि केन्द्रीय कमिटीको बैठकलाई प्रदेश सरकारको योजनाको बारेका जानकारी गराउने एजेण्डा तय भएको तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकको क्रममा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्ष, पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्