×

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक बस्दै, संगठन निर्माण र भावी योजनाबारे छलफल हुने

कात्तिक २७, २०७८

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो बैठक सानेपामा बस्न लागेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि बस्न लागेको यो पहिलो बैठक हो । 

बैठकमा राष्ट्रिय राजनीति, संगठन निर्माण र भावी योजनाका बारेमा छलफल हुने एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले बताए । 


Advertisment

बैठकलाई अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबाहेक सबै प्रदेशका इन्चार्जले पार्टीको प्रदेशका गतिविधि र आगामी कार्ययोजनाको बारेमा बैठकमा रिपोर्टिङ गर्नेछन् । 


Advertisment

उक्त पार्टी संघीय सरकारमा सहभागी भएपछिको पहिलो केन्द्रीय कमिटीको बैठक भएकाले सरकारमा पार्टीको नेतृत्व गरेर गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारले गरेका काम र आगामी योजनाका बारेमा बैठकमा प्रस्तुत गर्ने तुलाधरले बताए ।

त्यसबाहेक बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पनि केन्द्रीय कमिटीको बैठकलाई प्रदेश सरकारको योजनाको बारेका जानकारी गराउने एजेण्डा तय भएको तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकको क्रममा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्ष, पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । 

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x