०५ असार २०८३, शुक्रबार

जनकपुरधाममा थालियो विवाह पञ्चमीको तयारी

कात्तिक २७, २०७८
जनकपुरधाममा थालियो विवाह पञ्चमीको तयारी
फाइल तस्वीर।

जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि  तयारी थालिएको छ । 

आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य  बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन् । 

उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि  उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई  सरसफाइमा लाग्नसमेत आग्रह गरे । 

महोत्सवको तयारीका लागि शुक्रवार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्गभूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताए । 

महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्