३० जेठ २०८३, शनिबार

दराज ११.११ को नयाँ रेकर्डः २४ घण्टामा ७ लाख नेपालीले लिए सेवा

कात्तिक २७, २०७८
दराज ११.११ को नयाँ रेकर्डः २४ घण्टामा ७ लाख नेपालीले लिए सेवा

२४ घण्टाभित्र ७ लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । 

३६ करोडभन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनिले जानकारी दिएको छ । 

अभियान शुरू भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउँदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ । 

गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५०% भन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ  ।

११.११ मा बिक्री गर्ने हजारौं व्यवसायहरूमध्ये, ५५% ले महामारीको समयमा दराजमा बिक्री शुरू गरेका थिए । 

यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो । दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, ‘हामी आजको नतिजाबाट खुशी छौं । ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ । यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन् भनेर पनि चित्रण गर्दछ ।’

पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि कम्पनीको ध्यान अब आफ्ना ७ लजिस्टिक पार्टनर र  १ हजार भन्दा बढी डेलिभरी राइडरहरूसँग मिलेर देशभरका ४७ शहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित रहेको बताइएको छ । 

दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, ‘हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुशी छौं । हाम्रा सबै ग्राहकहरूलाई दराजमाथि असीम विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु । ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो । अब हाम्रो सम्पूर्ण देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन भन्ने सुनिश्चित गर्नमा केन्द्रित छौं । हाम्रो लजिस्टिक पूर्वाधारहरुमा गरिएको महत्त्वपूर्ण लगानीका कारण हामी हाम्रा प्रतिज्ञाहरू पूरा गर्नेछौं भन्ने कुरामा हामी विश्वस्त छौं । हाम्रो लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो ११.११ रहनु को साथै अहिलेसम्मकै उत्कृष्ट अनुभव पनि रहेको छ ।’

११.११ को भव्य सफलता पछि आउने दिनहरूमा ग्राहकहरूको लागि ११.११ का लोकप्रिय अफर र विभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्