०१ असार २०८३, सोमबार

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर, एक साता विद्यालय र कार्यालय बन्द रहने

कात्तिक २७, २०७८
भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर, एक साता विद्यालय र कार्यालय बन्द रहने
फाइल तस्वीर।

भारतको दिल्लीमा प्रदूषण नियन्त्रणबाहिर गएपछि त्यहाँका विद्यालय र कार्यालयहरू बन्द हुने भएका छन् । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्कुल, कार्यालय र निर्माण कार्यहरू एक हप्ताका लागि बन्द रहने घोषणा गरेका हुन् । 

दिल्लीमा श्वास लिन पनि समस्या भइरहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

शनिवार त्यहाँको सर्वोच्च अदालतले पनि घरमा पनि मास्क लगाउनु परेको भन्दै प्रदूषणलाई जसरी पनि नियन्त्रणमा लिन आदेश गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्