१२ साउन २०८३, मंगलबार

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

कात्तिक २७, २०७८
५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ ।

प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो ।

होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ ।

१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् ।

यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्पा, स्विमिङ पुल  लगायतका सुविधाहरु उपलब्ध छन् ।

होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । 

व्यवसायिक गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्लेस रहेको दुईवटा भवन रियलस्टेड (अपार्टमेन्ट) का लागि भनेर निर्माण गरेको थियो । तर, अपार्टमेन्ट बन्दा नबन्दै विश्वमा कोभिड–१९ को महामारी फैलिन पुग्यो ।

यसले अपार्टमेन्ट व्यवसायमा समेत प्रभाव पर्न गयो र यस समूहले अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम होटल हायात प्लेस काठमाडौं जन्मिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । 

कोरोना महामारी केही कम भएसँगै सञ्चालनमा आउन लागेको सो होटलले पर्यटकीय क्षेत्रमा नयाँ उत्साह जगाउने गोल्यानको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्