
नेपाल रेडक्रस सोसाइटीको विधान अधिवशेनमा अनधिकृत व्यक्तिहरू प्रवेश गरेर तोडफोड गरेका छन । बबरमहलको कार्की ब्याक्वेटमा रेडक्रसको विधान अधिवेशन बोलाइएको थियो ।
अधिवेशन सुरू भएपछि रेडक्रसँग असम्बन्धीत व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेर अविधेशन विथोल्ने प्रयास गरेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्र तिमल्सनाले बताए ।
‘रेडक्रसको सुधार र परिवर्तनको विपक्षमा रहेको कांग्रेस निकट समूहले अधिवशेनस्थल तोडफोड गरेको छ’, तिमल्सिनाले भने ।
तिमल्सिनालाई भने प्रहरीले सुरक्षा घेरामा राखेको छ । ‘रेडक्रसको सुधारका असन्तुष्ट रहेको कांग्रेसका भिजलान्ते अधिवेशनस्थलमा प्रवेश गरेर टेबुल, कुर्सी तोडफोड गरेका छन । अहिले अधिवशेन अघि बढाउने सक्ने अवस्था छैन’, उनले भने ।
अधिवेशनस्थलमा तोडफोड भएपछि आजको लागि रेडक्रसको विधान अविधेशन स्थगित भएको तिमल्सिनाले बताए ।