
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. ४ त्रिभुवननगरको रामजानकी मन्दिर परिसरमा नवनिर्मित विवाह भवनको शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
मन्त्री यादवले शनिवारकै दिन सर्लाही जिल्लाको ब्रह्मपुरी नयाँ शहर आयोजनाअन्तर्गत "भेल्ही- त्रिभुवननगर सडक निर्माण आयोजना" को शिलान्यास समेत गरे ।
कार्यक्रममा प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, जसपाका केन्द्रीय सदस्य भाग्य नारायण राय, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज रामविनय रायलगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरू, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदायको उपस्थिति रहेको थियो ।