०१ असार २०८३, सोमबार

शेयर बजारमा झिनो गिरावट, यी ३ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट

कात्तिक २८, २०७८
शेयर बजारमा झिनो गिरावट, यी ३ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट

साताको पहिलो कारोबारको दिन आइतवार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

आइतवार शेयर बजार मापक नेप्से परिसूचक १.३८ अंक (०.०५ प्रतिशत) ले घट्दै २६८८.९२ विन्दुमा रोकिएको छ । 

यस दिन ठूला कम्पनीहरूको शेयर बजार मापक सेन्सेटिभ परिसूचक ०.२५ अंक (०.०५ प्रतिशत) ले बढ्दै ५०२.४४ विन्दुमा पुगेको छ ।

नेप्सेमा सामान्य गिरावट आउँदा आइतवार कारोबार रकम भने ४ अर्ब ९ करोड रुपैयाँमा मात्रै सिमित छ ।

यस दिन कारोबारमा कुल २ सय ३० कम्पनी कारोबारमा आएका थिए । 

यी कम्पनीहरूको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आइतवार १ सय ३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७५ कम्पनीको शेयरमूल्य घटेको छ ।

यस्तै ८ कम्पनीको शेयर मूल्य परिवर्तन नभएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । 

आइतवार विभिन्न ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

नेप्सेका अनुसार आइतवार बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र तेह्रथुप पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्