२६ जेठ २०८३, मंगलबार

कोरोना अपडेट : थपिए ३०६ संक्रमित, ६ जनाको मृत्यु

कात्तिक २८, २०७८
कोरोना अपडेट : थपिए ३०६ संक्रमित, ६ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०६ नमूना परीक्षणमध्ये २९१ पीसीआर र १५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४७७ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ३४८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । 

हाल मुलुकभर ७ हजार २१५ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्