१० साउन २०८३, आइतबार

कठ्यांग्रिदो जाडोमा भारत सीमामा तैनाथ रहने सैनिकहरूलाई चीनले गर्‍यो राम्रो बन्दोबस्त (भिडियो)

कात्तिक २८, २०७८
कठ्यांग्रिदो जाडोमा भारत सीमामा तैनाथ रहने सैनिकहरूलाई चीनले गर्‍यो राम्रो बन्दोबस्त (भिडियो)

उत्तरपश्चिम चीनको सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रमा सीमाक्षेत्रमा खटिएका चिनियाँ जनमुक्ति सेनाका जवानहरूलाई सुरक्षा उपकरणका लागि जाडोका लागि आवश्यक खाद्यसामग्री उपलब्ध गराइएको छ ।

नुहाउनका लागि शावर रूम, वातावरणमैत्री शौचालय, ताजा फलफूल राख्नका लागि बुइँगल पनि तयार पारिएको छ । तापक्रम माइनस २० डिग्री सेल्सियसमा झरेको बेलामा चिनियाँ सैनिकहरूलाई सुविधा उपलब्ध गराइएको छ । 

उक्त क्षेत्रमा खटिएका चिनियाँ सैनिकहरू पठारमा अनुकूलनका लागि ५३ सय मिटरको उचाइमा तालिम लिइरहेका छन् । उनीहरूलाई जाडो ऋतुभरिका लागि सुरक्षा सामग्री र खाख् आपूर्ति उपलब्ध गराइएको चाइना सेन्ट्रल टेलिभिजनले खबर दिएको छ ।

तालिम अड्डामा प्रिफ्याब घरहरू बनाइएका छन् र तिनमा उपयुक्त तापक्रम कायम गरिएको छ । प्रत्येक घरमा उच्च प्रविधियुक्त वातावरणमैत्री शौचालय बनाइएका छन् । त्यहाँ मानव मललाई डिकम्पोज र कम्प्रेस गरेर पठारको वातावरण संरक्षण हुने गरी उपयोग गर्ने गरिएको छ । 

शावर रूममा जडान गरिएका थर्मल इन्सुलेसनले सैनिकहरूलाई कठ्यांग्रिदो जाडोमा समेत न्यानो पानीले नुहाउन सजिलो बनाएको छ । 

अनि सैनिकहरूलाई न्यानो बनाइराख्न तातो पार्ने उपकरणहरू पनि बनाइएको छट । राति सबै सैनिकहरूलाई न्यानो रहन सिरकको राम्रो प्रबन्ध छ । 

भारतसँग सीमा तनाव चर्किरहेको बेलामा चिनियाँ सेनाले सैनिकहरूका लागि यो प्रबन्ध गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्