
कांग्रेसले सातै प्रदेशमा अधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सातै प्रदेशमा महाधिवेशन गराउने जिम्मेवारी तोकेको हो ।
जसअनुसार प्रदेश–१ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ अधिवेशन गराउने जिम्मेवारी पाएका छन् ।
त्यसै गरी लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा दीलेन्द्र बडुले महाधिवेशन गराउने जिम्मेवारी पाएका हुन् ।
काठमाडौंमा हुने महाधिवेशनमा भोजन तथा आवास व्यवस्थापन समितिको संयोजकमा देउवा पक्षका नेता सुरेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् ।
कांग्रेसले १४ औं महाधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भएको छ । कांग्रेसको नीति तथा कार्यक्रमको लागि छुट्टै अधिवेशन गर्ने निर्णय बैठकले गरेको एक नेताले जानकारी दिए ।