२७ जेठ २०८३, बुधबार

यस्तो छ आजको मौसम पूर्वानुमान

कात्तिक २९, २०७८
यस्तो छ आजको मौसम पूर्वानुमान

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान पहाडी भूभागहरुमा आंशिक  बदली  रही  बाँकी भूभागको मौसम सामान्यतया सफा  रहेको  छ ।

 यस्तै दिउँसो देशका पहाडी  भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । यस्तै  प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी राति पहाडी भूभागहरुमा आंशिक बदली  रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने छ। 

salt training

कमेन्ट गर्नुहोस्