१० साउन २०८३, आइतबार

प्रधानन्यायाधीश जबराले आज आफ्ना लागि पनि तोके पेशी

कात्तिक २९, २०७८
प्रधानन्यायाधीश जबराले आज आफ्ना लागि पनि तोके पेशी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमवार आफ्ना लागि पनि पेशी तोकेका छन् ।

शुक्रवार र आइतवार आफ्ना लागि पेशी नतोकेका प्रधानन्यायाधीश जबराले सोमवार एकल इजलास गठन गरेर पेशी तोकेका हुन् ।

उक्त इजलासमा ५ वटा मुद्दालाई पेशी तोकिएको छ । यसका अलावा अन्य ९ वटा इजलास गठन भएका छन् ।

प्रधानन्यायाधीश जबरा र मनोज कुमार शर्माका छुट्टाछुट्टै एकल र अन्य ८ संयुक्त इजलास छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्