×

NMB BANK
NIC ASIA

पत्रकारहरूलाई सर्वोच्च अदालतको समाचार संकलनमा भएको अवरोधप्रति पत्रकार महासंघको ध्यानाकर्षण

कात्तिक २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालत परिसर र परिसर बाहिर पत्रकारहरूलाई समाचार संकलनमा क्रममा पुर्‍याइएको अवरोधप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ । 

Muktinath Bank

न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले निरन्तर जारी राखेको आन्दोलनको क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट समाचार संकलनमा अवरोध पुर्‍याउने र दुव्र्यवहार गरिने काम हुँदै आएको महासंघको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनुका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप हो,’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’


Advertisment
Nabil box
Kumari

यस्तै महासंघले नेपाल बार एसोसिएसनले गरेको आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति पनि ध्यानाकर्षण जनाएको छ । ‘यसै विषयलाई लिएर सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शक्तिपृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x