२२ असार २०८३, सोमबार

टेनिस प्रतियोगितामा प्राज्नाको विजयी शुरूआत

कात्तिक २९, २०७८
टेनिस प्रतियोगितामा प्राज्नाको विजयी शुरूआत

नेपालकी प्राज्ना मानन्धरले काठमाडौं/एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गल्र्स सिंगल्समा सोमवार विजयी शुरूआत गरेकी छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।

स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, शिभाली गुरुङ, आध्या पौडेल र सुनिरा थापाले पनि जीतका साथ यात्रा प्रारम्भ गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका श्रृजन भट्टराई, निश्चल कायस्थ, आद्रित नेपाल, वृजेश अर्याल, स्लोककेशर खड्का, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र भारतका सिद्धार्थ जिबुले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।

ब्वाइज डबल्समा नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाह, नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठ, भारतका अविर श्रीवास्तव र नेपालका वृजेश अर्याल तथा नेपालका श्रीयोग अधिकारी र निश्चल कायस्थको जोडीले सफलता पाए ।

स्पर्धाको गल्र्समा नेपालका कृषा अधिकारी र नाला जोस्फिन मास्के, नेपालका समृद्धि महर्जन र आध्या पौडेल तथा नेपालका जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले जीत आत्मासात गरे ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडी सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्