११ असार २०८३, बिहीबार

नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गर्छु : मन्त्री आले

कात्तिक २९, २०७८
नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गर्छु : मन्त्री आले

पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ । 

पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औं वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई १० जोड २ (प्लस टु) पछिको ४ वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।

‘वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नु हुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भने तुरुन्त कारबाही गर्नेछु, म आफू पनि तलमाथि गर्दिनँ र अरुलाई पनि गर्न दिन्न, विद्यार्थीको भविष्यमा खेलबाड गर्ने कसैको अधिकार छैन,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे व्यवस्था समेत आफूले सुधार गरेकोे मन्त्री आलेले बताए ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले विद्याश्रमलाई महाविद्यालय बनाउन कोषले काम अघि बढाउन लागेको जानकारी दिए । महाविद्यालयलाई स्तरोन्नति गर्दै विश्वविद्यालयकै रूपमा विकास गर्ने सोचसमेत रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल वेद विद्याश्रमका उत्कृष्ट शिक्षक तथा विभिन्न प्रतियोगितामा विजयी हुने छात्रलाई पुरस्कृत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्