०३ साउन २०८३, आइतबार

राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, कुन प्रदेशमा को निर्वाचित ?

कात्तिक २९, २०७८
राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, कुन प्रदेशमा को निर्वाचित ?

पूर्वपञ्चहरुको बाहुल्यता रहेको पार्टी राप्रपाले सातै प्रदेशको नेतृत्व चयन गरेको छ । राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ राम थापा अध्यक्षमा निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी  चयन भएका छन् । यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, गण्डकी प्रदेशमा हेमजङ्ग गुरुङ,  कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी अध्यक्ष चयन भएको श्रेष्ठले बताए । यसैगरी लुम्बिनी प्रदेशमा ऋषिराज सापकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय विजयी भएका छन् ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । जसअनुसार आज सबै प्रदेशको कार्यसमिति चयन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्