२७ जेठ २०८३, बुधबार

काँग्रेसले प्रदेश प्रतिनिधिको नामावली दर्ता शुल्क २ हजार रुपैयाँ तोक्यो

कात्तिक २९, २०७८
काँग्रेसले प्रदेश प्रतिनिधिको नामावली दर्ता शुल्क २ हजार रुपैयाँ तोक्यो

नेपाली काँग्रेसले प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिले नाम दर्ता गर्दा तिर्नुपर्ने शुल्क तोकेको छ । काँग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले २ हजार रुपैयाँ शुल्क तोकेको हो।  
बैठकले सातवटै प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति पनि गठन गरेको छ ।

प्रदेश अधिवेशनसंग सम्बन्धित समिति
मुलुकको सातवटा प्रदेशका देहायका स्थानमा पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि देहाय बमोजिम प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने ः–
प्रदेश नं. १, विराटनगर – संयोजक – केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला
प्रदेश नं. २, जनकपुर – संयोजक – केन्द्रीय सदस्य रमेश रिजाल
बाग्मती प्रदेश, हेटौडा – संयोजक – केन्द्रीय सदस्य मा. प्रकाशमान सिंह
गण्डकी प्रदेश, पोखरा – संयोजक – केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ
लुम्विनी प्रदेश, वुटवल –संयोजक – केन्द्रीय सदस्य मा. बालकृष्ण खाँण
कर्णाली प्रदेश, सुर्खेत – संयोजक – केन्द्रीय सदस्य मा. जीवनबहादुर शाही
सुदुरपश्चिम प्रदेश, धनगढी – संयोजक – केन्द्रीय सदस्य मा. दिलेन्द्रप्रसाद बडू

salt training

कमेन्ट गर्नुहोस्