२३ असार २०८३, मंगलबार

चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर ट्रेन्डिङ नम्बर एकमा, पाँच लाख बढीले हेरे

कात्तिक २०, २०७४
चलचित्र ‘प्रेमगीत २’  को ट्रेलर ट्रेन्डिङ नम्बर एकमा, पाँच लाख बढीले हेरे
काठमाडौं, १० असार – चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर नम्बर वान ट्रेन्डिङमा उक्लेको छ । रिलिजको समय नजिकिँदै गर्दा विभिन्न कारणले चर्चामा आइरहेको ‘प्रेमगीत २’ को ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

रामशरण पाठक निर्देशित उक्त चलचित्रमा प्रदीप खड्का र अश्लेषा खड्काको जोडी देख्न सकिन्छ । चलचित्रमा प्रेम अर्थात प्रदीप र गीत अर्थात अश्लेषा ठकुरीको जोडीलाई प्रस्तुत गरिएको छ ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’ चलचित्रको रिलिज हुनुपूर्व नै चर्चा पाइरहेको छ । कहिले एक्सनका दृश्य बाहिर आएर त कहिले ट्रेलरमा डिसलाइक धेरै आएर चर्चामा आइरहेको चलचित्र आउँदो साउन १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्