×

NMB BANK
NIC ASIA

डिफेन्सलाई बलियो बनाउँदै भारत

रुसबाट आइपुग्यो एस–४०० : चीनको मिसाइल रोक्न सक्षम होला भारतको 'ब्रह्मास्त्र' ?

कात्तिक ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र पाकिस्तान दुवै मोर्चामा युद्ध गर्नुपर्ने सम्भावना रहेकाले भारतले संसारका विभिन्न देशबाट हातहतियार किनिरहेको छ । त्यसैक्रममा रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रणाली भारत आइपुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भारतले एस–४०० यो रक्षा प्रणालीको पाँच इकाइ किन्नका लागि रुससँग सन् २०१८ को अक्टोबर महिनामा पाँच अर्ब डलरभन्दा बढीको सम्झौता गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जमीनबाट आकाशमा मार हान्ने यस प्रणालीका पाटपुर्जा कुल पाँच इकाइ (ब्याट्री) मा आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसको पहिलो इकाइको आपूर्ति शुरू गरेको जानकारी रुसको फेडरल सर्भिस फर मिलिटरी टेक्निकल कोअपरेसनका निर्देशक दिमित्री शुगाएभले स्पुतनिक न्युजलाई दिएका छन् । 


Advertisment
Nabil box
Kumari

यस क्षेप्यास्त्रलाई भारतको ब्रह्मास्त्रका रूपमा भारतीय सञ्चारमाध्यमहरूले चित्रित गरिरहेका छन् । ग्लोबलसेक्युरिटी डट् ओआरजीले पनि युद्ध क्षमता विकासका लागि संसारभरि यसको अरू कसैसँग तुलना नहुने दाबी गरेको छ । 

Vianet communication
Laxmi Bank
चीनले समेत रुसको एस–४०० वायुरक्षा प्रणाली किनिसकेकाले उसलाई यसको सांगोपांग थाहा छ । यसको तोड निकाल्न ऊ सफल भइसकेको हुनुपर्छ । यसको साटो भारतकै डिफेन्स रिसर्च यान्ड डिभेलोपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले बनाएको ब्यालिस्टिक मिसाइल डिफेन्स सिस्टम प्रयोग गर्नु उपयुक्त हुने थियो भनी भरत कार्नाडले पनि लेखेका छन् । 

द टाइम्स अफ इन्डियामा प्रकाशन गरिएको समाचारमा उल्लेख गरिएअनुसार, यस प्रणालीका इकाइहरू जल र आकाशमार्ग हुँँदै भारत आइपुगेका छन् र तिनलाई सन् २०२२ को अप्रिल महिनासम्ममा भारतको पश्चिमी सीमा नजिक तैनाथ गरिनेछ । त्यहाँबाट त्यसले पाकिस्तान र चीनको सीमाबाट आउने जोखिमको सामना गर्न सक्ने रक्षा विशेषज्ञहरूलाई उद्धृत गर्दै उक्त समाचारमा लेखिएको छ । 

त्यसो त चीनसँग पनि यही हतियार प्रणाली छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुुसार, चीनले सिन्च्याङस्थित होटान एयर बेस तथा तिब्बतस्थित नीङ्ची एयर बेसमा एस–४०० हतियार प्रणाली तैनाथ गरिसकेको छ ।

एस–४०० ट्रम्फको विशेषताको वर्णन गर्नुपर्दा यो सन् १९९० को दशकमा रुसको आल्माज सेन्ट्रल डिजाइन ब्युरो फर मरिन इन्जिनीयरिङले विकसित गरेको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र हो । सामान्य एस–४०० बटालियनमा कम्तीमा आठवटा प्रक्षेपक (लोन्चर) हुन्छन् र तिनमा ३६ वटा क्षेप्यास्त्र हुन्छन् अनि एउटा मोबाइल कमान्ड पोस्ट पनि हुन्छ । 

यस वायु रक्षा प्रणालीले दक्षिण एसियाको आकाशमा भारतलाई बलियो स्थितिमा पुर्‍याउने बताइएको छ किनकि यसले शत्रुको विमान तथा ब्यालिस्टिक र क्रुज दुवैथरी क्षेप्यास्त्रलाई समेत ध्वस्त पार्न सक्छ । ४०० किलोमिटर परबाट आएको क्षेप्यास्त्रलाई खसाउन सक्ने भएकाले यसलाई एस–४०० नाम दिइएको हो । 

यसले शत्रुको विमान, ड्रोन र क्षेप्यास्त्रलाई आकाशमै ध्वस्त पारेर रक्षा प्रणाली बलियो बनाउनुका साथै चार किसिमका क्षेप्यास्त्र समेत प्रहार गर्न सक्छ । 

न्युज १८ मा प्रकाशित समाचार अनुसार, एकैपटकमा ३६ वटा लक्ष्यमा प्रहार गर्न सक्नु यसको विशेषता हो । एस–३०० बाट अप्ग्रेड गरिएको एस–४०० सँग ४० किलोमिटर दायरादेखि ४०० किलोमिटर दायरासम्मको चार विभिन्न किसिमका क्षेप्यास्त्र रहेको बताइन्छ । 

यससँगै आउने कमान्ड पोस्टमा एलसीडी कन्सोलहरू राखिएको छ जसले हवाई क्षेत्रको निगरानी आँकडाको मूल्यांकन गर्न सक्छ अनि लामो दूरीको निगरानी राडारलाई नियन्त्रण तथा पर्यवेक्षण गर्न सक्छ । शत्रुले आकाशमा प्रहार गरेको क्षेप्यास्त्रलाई यसले ट्य्राक पनि गर्न सक्छ ।

खासमा यो सिस्टम अमेरिकी लडाकू विमान एफ–१६ र एफ–२२ अनि टोमाहक जस्ता क्षेप्यास्त्रहरूलाई पत्ता लगाएर ध्वस्त पार्न बनाइएको हो । त्यसैले यो प्रणालीको खरिद गर्ने मुलुकमाथि अमेरिकाले वक्रदृष्टि लगाउने गरेको छ ।

भारतले रुससँग यो हतियार प्रणाली किनेपछि अमेरिका स्वाभाविक रूपमा रिसाएको छ । अझ, अमेरिकन पेट्रियट एड्भान्स्ड केपेबिलिटी (प्याक–३) तथा टर्मिनल हाई अल्टिट्युड एरिया डिफेन्स (थाड) क्षेप्यास्त्रलाई भारतले लत्याएर रुसी उपकरण किनेकाले अमेरिका आक्रोशित बनेको हो ।    

रुससँग भारतले हतियार प्रणाली किन्ने सम्झौताका बेलामा अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति थिए र उनले भारतविरुद्ध प्रतिबन्ध लगाउने धम्की दिएका थिए । 

ट्रम्पकै पालामा सन् २०१७ मा अमेरिकाले एउटा कानून ल्याएर रुससँग सैन्य उपकरण किन्ने मुलुकहरूविरुद्ध प्रतिबन्ध लगाउने बाटो खोलेको थियो । काउन्टरिङ अमेरिकाज एड्भर्सरीज थ्रु स्यांक्सन्स याक्ट (काट्सा) नामक उक्त कानूनले रुस, उत्तर कोरिया र इरान जस्ता मुलुुकलाई अमेरिकाको शत्रु घोषणा गरेको छ र उनीहरूसँग अन्य मुलुकले कारोबार गर्न नहुने भनेको छ । 

त्यही कानून लगाएर अमेरिकाले टर्कीविरुद्ध सन् २०२० को डिसेम्बरमा प्रतिबन्ध लगाएको छ किनकि टर्कीले पनि रुससँग एस–४०० क्षेप्यास्त्र प्रणाली किनेको थियो । माथि उल्लेख गरिएअनुसार, अमेरिकाका हतियारलाई यसले जोखिममा पार्ने हुनाले अमेरिकाले प्रतिबन्ध लगाएको हो । यस प्रतिबन्धका कारण टर्कीको सैन्य क्षमता र युद्धको तयारी कमजोर बनेको बताइएको छ । 

भारतले भने आफू रुस र अमेरिका दुवैको साझेदार भएको तर्क गर्दै काट्सा प्रतिबन्धबाट उन्मुक्तिका लागि अमेरिकासँग अपील गरेको छ । तर अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै निर्णय नगरिसकेको बताएका छन् । 

भारतका रक्षा विश्लेषक प्रवीण साहनीले एस–४०० को विषयमा अमेरिकाले भारतमाथि प्रतिबन्ध नलगाउने बताएका छन् । उनका अनुसार, हिन्द महासागर क्षेत्रमा हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिलाई अघि बढाउनका लागि अमेरिकालाई भारतको साथ अपरिहार्य छ । यस्तो स्थितिमा भारतलाई अप्ठ्यारोमा पार्ने काम अमेरिकाले गर्ने छैन । 

तर एस–४०० प्रणाली राम्रो भए पनि चीनविरुद्ध यो खासै प्रभावकारी नरहेको साहनीको दाबी छ । वास्तविक नियन्त्रण रेखामा चिनियाँ जनमुक्ति सेनाले गर्ने हस्तक्षेपलाई यसले रोक्न नसक्ने उनी लेख्छन् । 

चिनियाँ सेनाले युद्धका ६ वटा क्षेत्रहरू जमीन, आकाश, समुद्र, साइबर, अन्तरिक्ष र विद्युतीय–चुम्बकीय स्पेक्ट्रम भनी पहिचान गरेको र ती सबैमा पूर्ण क्षमता विकसित गरिसकेको साहनीको कथन छ । तर भारतले यसमा महारथ हासिल नगरेको, हतियार मात्र थुपारिरहेको स्थितिले गर्दा चीनकै हात माथि हुने उनी लेख्छन् । 

भारतका अर्का रक्षा विशेषज्ञ भरत कार्नाड पनि मोदी सरकारले सैन्य उपकरण खरिदमा बुद्धिमत्ता नदेखाएको र एस–४०० मस्कोलाई खुशी पार्न मात्र किनिएको लेख्छन् । भारत अमेरिकाको रणनीतिक छत्रछायाँमा जाँदा रुस नचिढियोस् भनी उसलाई खुशी पार्न यो महंगो उपकरण भारत सरकारले किनेको कार्नाडको कथन छ । 

भारतले एस–४०० ब्यालिस्टिक मिसाइल डिफेन्सका रूपमा किनेको र यसमा रहेको ४०एन६ क्षेप्यास्त्रले एक्लाएक्लै आएका क्षेप्यास्त्रहरूलाई ध्वस्त पार्न सक्ने तर समूहमा एकैपटक आएका मिसाइल (साल्भो) को व्यवस्थापन गर्न नसक्ने कार्नाड लेख्छन् । युद्धको अवस्थामा पाकिस्तान र चीनले एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रहार गर्ने भएकाले एस–४०० ले भारतको रक्षा प्रणाली मजबूत नबनाउने कार्नाडको भनाइ छ । 

प्रवीण साहनी पनि पाकिस्तान र चीनले भारतविरुद्ध एकैपटक मोर्चा खोल्ने भएकाले एस–४०० को कुनै अर्थ नरहने लेख्छन् । 

त्यस्तै सुब्रह्मण्यम स्वामीले पनि चीनविरुद्धको सम्भावित युद्धमा एस–४०० उपयोग नगर्न मोदी सरकारलाई सल्लाह दिएका छन् । यस हतियार प्रणालीमा चिनियाँ विद्युतीय प्रणाली जडान गरिएको अनि चीन र रुसबीच रणनीतिक साझेदारी बनेको स्थितिका कारण हतियार भरपर्दो नभएको उनको तर्क छ । 

भारतले एस–४०० ब्यालिस्टिक मिसाइल डिफेन्सका रूपमा किनेको र यसमा रहेको ४०एन६ क्षेप्यास्त्रले एक्लाएक्लै आएका क्षेप्यास्त्रहरूलाई ध्वस्त पार्न सक्ने तर समूहमा एकैपटक आएका मिसाइल (साल्भो) को व्यवस्थापन गर्न नसक्ने कार्नाड लेख्छन् । युद्धको अवस्थामा पाकिस्तान र चीनले एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रहार गर्ने भएकाले एस–४०० ले भारतको रक्षा प्रणाली मजबूत नबनाउने कार्नाडको भनाइ छ । 

अमेरिकाको प्रतिबन्ध पनि झेल्नुपर्ने अनि चिनियाँ विद्युतीय प्रणाली जडान भएकाले पाकिस्तानविरुद्धको युद्धमा पनि यसले सही काम गर्छ कि गर्दैन भन्ने ठेगान नभएकाले एस–४०० किन्नु सही कदम नभएको स्वामीको भनाइ छ । 

त्यसमाथि चीनले समेत रुसको एस–४०० वायुरक्षा प्रणाली किनिसकेकाले उसलाई यसको सांगोपांग थाहा छ । यसको तोड निकाल्न ऊ सफल भइसकेको हुनुपर्छ । यसको साटो भारतकै डिफेन्स रिसर्च यान्ड डिभेलोपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले बनाएको ब्यालिस्टिक मिसाइल डिफेन्स सिस्टम प्रयोग गर्नु उपयुक्त हुने थियो भनी भरत कार्नाडले पनि लेखेका छन् । 

भारतकै अर्का रक्षा विशेषज्ञ अभिजीत अय्यर–मित्रले एस–४०० भारतका लागि सेतो हात्ती साबित हुने लेखेका छन् ।

उनका अनुसार, यसलाई भारतीय हतियार प्रणालीसँग जोडिने भने पनि रुसीहरूले यसलाई अन्य प्रणालीसँग मिलेर काम गर्ने (इन्टरअपरेबल) कुनै हालतमा बनाउन दिने छैनन् । भारतसँग रहेका हतियार प्रणालीहरू अमेरिकी, युरोपेली र इजरायली कम्पनीले बनाएकाले तिनीहरूसँग सहकार्य हुने गरी रुसी प्रणालीले काम गर्न मुश्किल रहेको अय्यर–मित्रको दाबी छ । 

यी विज्ञहरूको तर्कको अध्ययन गर्दा भारतले रुसको एस–४०० हतियार प्रणाली किनेर खासै लाभ लिन सक्ने देखिँदैन । चीन र पाकिस्तानबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि भारतले रक्षा प्रणालीलाई बलियो बनाउन जरूरी छ तर बुद्धिमत्तापूर्वक हातहतियार खरिद गर्नु उचित हुन्थ्यो । 

त्यसभन्दा पनि महत्त्वपूर्ण त चीन र पाकिस्तानसँग कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि मोदी सरकार अग्रसर हुनुपर्थ्यो । तर मुठभेडका लागि भारत सरकारले कम्मर कसेको देखिएकाले दक्षिण एसिया अशान्त बन्ने स्थिति आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x