१६ असार २०८३, मंगलबार

कांग्रेस- एमालेको चुनावी प्रचारमा प्लस–टू पुस्ता (फोटोफिचर)

कात्तिक २०, २०७४
कांग्रेस- एमालेको चुनावी प्रचारमा प्लस–टू पुस्ता (फोटोफिचर)

कपिलवस्तु (गोरुसिङ्गे), १० असार– राजनीतिक दलप्रति युवाहरुमा वितृष्ण बढेको विश्लेषण भइरहँदा दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दलहरुको प्रचार प्रसारमा भने प्लस–टू पुस्ता (किशोर–किशोरी)को छुट्टै आकर्षण देखिन्छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने १, ५ र ७ नम्बर प्रदेशमा चुनावी गतिविधिले सबैभन्दा बढी प्लस–टू पुस्तालाई नै छोएको देखिन्छ ।

चुनावी गतिविधि सम्बन्धी स्थलगत रिपोर्टिङमा रहेको लोकान्तरको टोली ५ नम्बर प्रदेशको रुपन्देही र कपिलवस्तु जिल्ला पुग्दा प्लस–टू पुस्ताका किशोर किशोरीहरु आ–आफ्नो दलको चुनावी प्रचारमा सक्रियतापूर्वक सहभागी भएको देखियो ।

खासगरी संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको प्रचार प्रसारमा प्लस–टू पुस्ताको उल्लेख्य सहभागीता छ ।

साना भ्यानदेखि ठूला बसहरु रिजर्भ गरेर विभिन्न राजनीतिक दलले चुनाव प्रचार प्रसार गरिएका छन् । चुनावी प्रचारका लागि रिजर्भ गरिएका ठूला तथा साना गाडीका छतमा बसेर तन्नेरीहरुले आफ्नो पार्टीको पक्षमा नारा लगाइरहेका छन् ।

५ नम्बर प्रदेशअन्तर्गत पूर्व–पश्चिम राजमार्गमा अचेल सार्वजनिक सवारीका साधनभन्दा दलहरुले चुनावी प्रचारका लागि रिजर्भ गरेका ठूला तथा साना सवारीको चाप बढी छ ।

प्लस–टू पुस्ता नै दलहरुको चुनावी प्रचारमा सक्रिय भएपछि गाउँमा चुनावी माहोल तातेको छ । मनोनयन दर्ताको दिन बम विस्फोट भएको कपिलवस्तुको बाणगंगा नगरपालिकामा अहिले शान्तिपूर्वक र उल्लासपूर्ण वातावरणमा चुनावी गतिविधि भइरहेका छन् ।

युवाहरुको जमात चुनावको पक्षमा देखिएपछि चुनाव विथोल्ने अभियानमा रहेकाहरुको अभियान असफल भएको छ ।






तस्वीरः बिमल गौतम 

salt training

कमेन्ट गर्नुहोस्