चैनपुर, १० असार– बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको सुनकुडामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा २० जना घाइते भएका छन् ।
शुक्रबार नेकपा एमालेका कार्यकर्ता बागथलाबाट जुलुशसहित देउलेकमा कोण सभाका लागि जाने क्रममा सुनकुडामा नेपाली कांगे्रसको जुलुशसँग भेटिएपछि झडप भएको हो ।
झडपमा कांग्रेस र एमालेगरी दुवै पार्टीका कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।