२० असार २०८३, शनिबार

कोरोना अपडेट : थपिए ४१२ संक्रमित, एक जनाको मृत्यु

कोरोना अपडेट : थपिए ४१२ संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९३ नमूना परीक्षणमध्ये ३६३ पीसीआर र ४९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८३ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २०२ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ । 

हाल मुलुकभर ७ हजार ६३६ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्