०३ साउन २०८३, आइतबार

अमेरिकालाई उछिन्दै चीन बन्यो संसारको सबभन्दा धनी मुलुक

मंसिर १, २०७८
अमेरिकालाई उछिन्दै चीन बन्यो संसारको सबभन्दा धनी मुलुक

मककिन्से यान्ड कम्पनी नामक संस्थाले प्रकाशन गरेको नयाँ प्रतिवेदनले चीन संसारको सबभन्दा धनी मुलुक बनेको देखाएको छ । 

विगत दुई दशकमा विश्वव्यापी धन तीनगुणा बढेको र चीन धनीको अग्रणी स्थानमा रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । 

संसारको आयमध्ये ६० प्रतिशतभन्दा बढी भाग ओगट्ने १० मुलुकका राष्ट्रिय ब्यालेन्स शीट जाँच गरेर मककिन्सेले उक्त निष्कर्ष निकालेको हो । 

चीनको सम्पत्ति सन् २००० मा ७० खर्ब डलर रहेकोमा अहिले १२०० खर्ब पुगेको छ । 

अमेरिकाको सम्पत्ति चाहिँ त्यही अवधिमा दोब्बरभन्दा बढी पुगेको छ ।

यी दुवै मुलुकमा कुल सम्पत्तिको दुईतिहाइभन्दा बढी हिस्सा १० प्रतिशत धनीहरूको हातमा छ र उनीहरूको हिस्सा झन् झन् बढिरहेको छ, प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्