२३ जेठ २०८३, शनिबार

नेपालमा बढ्न थाले कोरोना संक्रमित

नेपालमा बढ्न थाले कोरोना संक्रमित

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ ।

मंगलवार ३७७ संक्रमित भएकोमा बुधवार ४१२ नयाँ संक्रमित थपिएका मन्त्रालयको तथ्यांकले पुष्टि गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख १८ हजार ३५ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको संख्या ९५ हजार २२३ रहेको छ । बुधवार २०२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 

पछिल्लो समय १ लाख १७ हजार ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ । 

अहिले होम आइसोलेसनमा ७ हजार १६३, संस्थागत आइसोलेसनमा ४७३, आईसीयूमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्